साउदी अरब र तीन अरब मुलुकले कतारलाई दियो ४८ घण्टाको अल्टिमेटम

काठमाडौं, १९ असार– साउदी अरब र तीन अन्य अरब मुलुकले कतारलाई आफ्ना सर्तहरुको सूची मान्नका लागि अल्टिमेटमको समय ४९ घण्टाका लागि बढाएका छन् । यसअघि ती सर्तहरुको सूची मान्न १३ घण्टाको अल्टिमेटम दिइएको थियो । उक्त समय आइतबार सकिसकेको छ । सूचीमा समाचार च्यानल अल जजीरालाई बन्द गर्नुपर्ने सर्त राखिएको थियो । अल जजीरा कतार सरकारको लगानी रहेको टेलिभिजन न्यूज च्यानल हो ।

साउदी अरब, ईजिप्ट, यूएई र बहराइनले कतारमाथि कडा प्रतिबन्ध लगाएका छन् । उनीहरुको आरोप छ कि कतारले चरमपन्थी संगठनहरुलाई आर्थिक सहयोग गर्ने गर्छ । जबकि आरोपले यो आरोपलाई ठाडै अस्वीकार गरेको छ । कतारले भनेको छ की आफुले मान्नुपर्ने भनेर सूची पेश गरिएको सर्तहरुबारे औपचारिक जवाफ सोमबार कुवेतलाई पठाइने एक पत्रमा दिने छ । कुवेतले यो मामलामा मध्यस्थको भूमिका निर्वाह गरिरहेको छ ।


कतारका विदेश मन्त्री शेख मोमहम्मद बिन अब्दुलरहमान अल–ताहिनीले शनिबार भनेका थिए कि, ‘कतारले शर्तहरु मान्न इन्कार गरिदिएको छ । तर सही माहौलमा कुराकानी गर्न तयार छौं ।’

पछिल्ला दुई हप्तादेखि कतार साउदी अरबलगायत सहयोगी राष्ट्रबाट अभूतपूर्व राजनीतिक र आर्थिक नाकाबन्दी सामना गरिरहेको छ । जुन २३ मा यी चार देशले कतारलाई सर्त मान्नका लागि १० दिनको समय दिएका थिए । यसमा टर्कीमा रहेको सैन्य अड्डालाई बन्द गर्न र ईरानसँग कुटनीतिक सम्बन्ध तोड्न पनि माग गरिएको छ । नाकाबन्दी पछिको संकटमा टर्की र ईरानले कतालाई खाद्यान्न लगायत सामग्री आपूर्ति गर्नमा सहयोग गरिरहेका छन् । बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *