ओलीको गृहजिल्लामा एमालेलाई हराउँदै राप्रपा विजयी

झापा, १९ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो जीत दर्ता गरेको छ । झापाको हल्दीबारी गाउँपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन विजयी भएका छन् । उनले एमाले उम्मेदवारलाई हराउँदै हल्दीबारीको प्रमुखमा जीत हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार मञ्जु सिटौलालाई ४ सय भन्दा बढी मतको अन्तरले पराजित भइन् । विजयी भएका रविन्द्र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनका भाइ हुन् । हल्दीबारीको उपप्रमुखमा भने एमालेका डम्बर गिरी विजयी भएका छन् ।

राप्रपाले यसअघि झापकै कचनकवल गाउँपालिकामा जीत हासिल गरेको थियो । उक्त गाउँपालिकाको प्रमुख र उपप्रमुखमा राप्रपाका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *