बसको ठक्करबाट दाङमा एकको मृत्यु
२०७४ जेठ १५ गते

“
दाङ, माघ ४ । बसको ठक्करबाट दाङको राप्ती गाउँपालिका–५ लठ्हवाका अर्जुन चौधरीको मृत्यु भएको छ । पोखराबाट दाङको तुल्सीपुरका लागि छुटेको ना ५ ख ४६८६ नम्बरको बसले बुधबार राति ठक्करदिँदा पैदल यात्री १९ वर्षका चौधरीको मृत्यु भएको हो ।
चौधरीलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको मसुरियामा बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








