सञ्जय लीला भन्सालीको चलचित्र ‘पद्मावत’ माथि भारतका यी राज्यमा पनि प्रतिवन्ध

काठमाडौं, माघ ४ । निर्माण पक्षले अखवारमा विज्ञापन गरेर स्पष्टिकरण दिँदा पनि विवादास्पद बलिउड फिल्म ‘पद्मावत’ को विवाद समाधान हुन सकेको छैन् । विवाद र आन्दोलनका कारण राजस्थान, मध्यप्रदेश र गुजरात सरकारले यसअघि नै  फिल्ममाथि पूर्णतया प्रतिवन्ध लगाएका थिए ।

पछिल्लो समयमा हरियाणा सरकारले पनि फिल्मप्रति कडा कदम चालेको छ । त्यहाँको सरकारले हरियाणा प्रदेशमा फिल्म रिलीजमाथि प्रतिवन्ध लगाएको छ । हरियाणाका स्वास्थ्य मन्त्री अनिल विजले ट्वीट गरेर यसको जानकारी दिएका हुन् ।

हालै मध्य प्रदेशको रतलाम जिल्लामा रहेको एक विद्यालयको वार्षिकोत्सव समारोहमा एक छात्राले फिल्म ‘पद्मावत’ गीत ‘घूमर’ मा नृत्य गरेको भन्दै करणी सेनाका सदस्यहरुले विद्यालय माथि अाक्रमण गरेका थिए । ‘पद्मावत’ फिल्ममाथि पूर्णरुपमा प्रतिवन्ध लगाउनु पर्ने माग गर्दै करणी सेना लामो समयदेखि आन्दोलन गरिरहेको छ ।  रणवीर सिँह, दीपिका पादुकोण र शाहिद कपूर अभिनित सञ्जय लीला भन्सालीको निर्देशनमा निर्माण भएको फिल्म ‘पद्मावत’ २५ जनवरीमा रिलीज हुन गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =