कोरियाली तनाव र जि २० बैठकबारे चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच फोनवार्ता

बेइजिङ, १९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सि चिनफिङसँग फोनवार्ता गर्नुभएको समाचार छ । उहाँहरुबीच सोमबार बिहान फोनवार्ता हुने बारेमा यसअघि नै सार्वजनिक गरिएको थियो । उहाँहरुबीच सोमबार बिहान फोनवार्ता भएको समाचार चिनियाँ सञ्चारमाध्यमले दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सो फोनमा गत अप्रिलमा फ्लोरिडामा भएको द्विपक्षीय भेटवार्तापछि अमेरिका र चीन सम्बधमा राम्रो प्रगति भएको जनाउनुभएको पनि ती सञ्चारले जानकारी दिएका छन् । गत अप्रिल महिनामा चिनियाँ राष्ट्रपति चिनफिङ अमेरिकाको भ्रमणमा जानुभएको थियो । त्यस क्रममा उहाँहरुबीच भेटवार्ता भएको थियो । यी दुई देशबीचका कैयौँ असमझदारीहरु हटाउन यस भेटवार्तामा सहयोग पुगेको बताइएको थियो । तर, चिनियाँ राष्ट्रपति चिनफिङले भने यी दुई देशको सम्बन्धमा केही नकारात्मक कुराहरुले प्रभाव पारिरहेको धारणा राख्नुभएको उहाँलाई उद्धृतगर्दै सिसीटिभीले जनाएको छ ।
उहाँले चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गरेसँगै अमेरिकी राष्ट्रपति ट्रम्पले भने ताइवानका लागि अमेरिकाले करिब १ अर्ब ३ करोड अमेरिकी डलर बराबरको हतियार बिक्रीगर्ने सम्बन्धी प्रस्तावमा स्वीकृति दिनुभएको थियो । त्यस विषयलाई पनि चिनियाँ राष्ट्रपतिले उहाँसँगको फोनमा उठाउनुभएको थियो । समाचारमा जनाइएअनुसार ताइवानलाई हतियार बेच्ने प्रस्तावसँगै चीनको एक चीन नीतिको सिद्धान्तको सम्मान अमेरिकी राष्ट्रपतिले गर्नुुहुने छ भन्ने विश्वास आफूलाई लागेको बताउनुभएको थियो ।

साथै सो फोनवार्तामा आसन्न जि२० बैठकका बारेमा पनि कुराकानी भएको थियो । उक्त बैठकमा यी दुई देशका साझा मुद्धामा सो फोनवार्तामा कुराकानी भएको थियो । तर ती एजेण्डा के हुन् भन्ने बारेमा भने केही बताइएको छैन । सो फोनवार्ताका क्रममा उहाँले उत्तर कोरियाले जारी राखेको आणविक परीक्षणका साथै सो परीक्षणका कारण कोरियाली प्रायद्वीपमा जारी प्राय सधैँको तनावपूर्ण अवस्थाका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सो विषयमा जानकारी दिएको छ । उहाँले चीनसँग उत्तर कोरियाका विषयमा पनि फोनमा कुराकानी गर्नुभएको समाचारमा जनाइएको छ । चीनका कारण कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताका लागि सहयोग पुग्न सक्ने अनुमान गरिएको अमेरिकी भनाई रही आएको छ । त्यसैले कोरियाली प्रायद्वीपका बारेमा पनि फोनमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको छ ।

उता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनको हालै सम्पन्न अमेरिका भ्रमणका क्रममा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गरेको बतानुभएको थियो । कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवम् वार्ता गरेको कोरियाली प्रायद्वीपमा शान्तिका लागि सहयोग पु¥याएको उहाँको धारणा थियो ।

उत्तर कोरियाले पछिल्लो केही समययता आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरिया र अमेरिकाको विरोधका अभिव्यक्तिहरु पनि उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको विश्व समुदायको प्रतिक्रिया छ ।

उत्तर कोरियाले अमेरिकाका विरुद्धमा पनि जुलुस प्रदर्शन गरी अमेरिकाको कडा आलोचना गरेको थियो । हालैको यस घटनाका बारेमा भने अमेरिकाको सार्वजनिक प्रतिक्रिया आएको छैन । गत हप्ता भएको यस विरोधपछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबारे झन चासो लिनुभएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । उहाँले आपूm राष्ट्रपति भएदेखि नै अमेरिकाको कोरियाली नीतिमा चासो बढाउनुभएको हो । रासस/एएफपी/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *