प्रदेश प्रमुखहरु तोकिए, अस्थायी राजधानीका लागी मन्त्रिपरिषद बस्दै

काठमाडौं, माघ ३ । सरकारले प्रदेश प्रमुखमा सातवटै प्रदेशका प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको हो । प्रदेश प्रमुखका लागी प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा उमाकान्त झा, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा रत्नेश्वर कायस्थ, प्रदेश ६ मा चन्द्रकृष्ण घिमिरे र प्रदेश ७ मा वसन्तराज मल्लको नाम सिफारिस गरेको छ ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको थिएन ।

यता प्रदेशको राजधानी तोक्ने बिषयमा बिभिन्न ठाउमा आन्दोलन भैरहेका छन् । प्रदेश मुकाम तोक्ने विषयमा सरकारका मन्त्रीहरुबीच विवाद हुँदा आज बिहान स्थगित भएकोे मन्त्रीपरिषदको बैठक अहिले बस्दैछ ।

बैठकले प्रदेशसको अस्थायी मुकाम तोक्ने तयारि गरेको छ । यसका साथै मन्त्रीपरिषदको बैठकले प्रदेश प्रमुखका बिषयमा निर्णय पनि गर्नेछ । आज बिहान प्रदेश प्रमुखको सहमती भएपनि प्रदेशको अस्थायी मुकामका बिषयमा कुरा मिल्न नसकेपछि दिउसो बस्ने गरी स्थगित भएको थियो ।

मन्त्रीहरुले आफ्नो अनुकूलको स्थानलाई प्रदेश मुकाम बनाउनु पर्ने भन्दै बैठकमा धारणा राखेका थिए । प्रधानमन्त्रीले आज दिउसो सम्म थप गृहकार्य गरेर प्रदेश प्रमुख र मुकाम तोक्ने प्रयास गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =