आइफोनका बारेमा केही रोचक तथ्यहरु

एजेन्सी । एप्पल कम्पनीको पहिचान बनेको लोकप्रिय प्रोडक्ट आइफोन १० वर्षको भएको छ । एप्पलले सन् २००७ को जून २९ मा पहिलो आइफोन लञ्च गरेको थियो । पहिलो आइफोन एक टू जी फोन थियो र केवल एटी एण्ड टी नेटवर्क मात्र सपोर्ट गर्दथ्यो । पहिलो आइफोन देखि लिएर यी १० वर्षमा आइफोनका विभिन्न भर्सन लञ्च भैसकेका छन् र आइफोन विश्वमा अहिलेसम्मकै सबैभन्दा सफल स्मार्टफोन सिरिज बन्न सफल भएको छ । एप्पलका सहसस्थापक स्टिभ जब्सले सबैभन्दा पहिले सन् २००७ को जनवरी ७ मा आइफोनका बारेमा घोषणा गरेका थिए । त्यसको ६ महिनापछि जूनमा आइफोन लञ्च गरिएको थियो । आउनुहोस् जानौँ १० वर्ष पुगेको आइफोनका बारेमा केही रोचक तथ्यहरुः

– आइफोनको पहिलो भर्सन केवल अमेरिकामा मात्र लञ्च भएको थियो । सन् २००७ को नोभेम्बरमा बेलायत, जर्मनी तथा फ्रान्समा पनि आइफोनको बिक्रि सुरु भयो । –पहिलो आइफोन लञ्च हुने बेलामा एप स्टोर अस्तित्वमा थिएन । जबकी अहिले लाखौँ एप्स भएको एप स्टोर हरेक प्रयोगकर्ताको पहिलो रोजाइ बनिरहेको छ भने वैध तरिकाले एप डाउनलोड गर्नका लागि एक सर्वोत्कृष्ट विकल्पको रुपमा रहेको छ ।

–आइफोन नाम राख्ने विषयलाई लिएर एप्पलमाथि मुद्दा परेको थियो । स्टिभ जब्सले आइफोन नामका साथ पहिलो स्मार्टफोन प्रदर्शन गरेसँगै नेटवर्किङ कम्पनी सिस्कोले नर्थ क्यालिफोर्निया जिल्ला अदालतमा एप्पलमाथि मुद्दा हालेको थियो । एप्पलले आइफोन नाम प्रयोग गर्न नपाउने तर्क उसको थियो । सन् २०१६ मा टाइम म्यागेजिनले ५० वटा सबैभन्दा प्रभावशाली ग्याजेटको लिष्ट जारी गरेको थियो । उक्त सूचिमा आइफोन पहिलो नम्बरमा थियो । कम्प्युटिङ र सूचनाद्धारा मानिसहरुको सम्बन्ध बदल्नेवाला आविष्कार आइफोन रहेको टाइम्सले लेखेको थियो ।

–  एप्पलले अहिलेसम्म एक अर्बभन्दा धेरै आइफोन बिक्रि गरिसकेको छ । गत वर्षको जूनमै एप्पलले एक करोड गोटा आइफोन बेच्ने रेकर्ड कायम गरेको थियो । अर्थात् विश्वको कुल जनसंख्याको सात भागको एक भाग आइफोन एप्पलले बेच्यो । यस अवसरमा एप्पलका सिइओ टिम कुकुले भनेका थिए की आइफोन विश्वको इतिहासमा यतिठूलो परिवर्तन ल्याउने सफल प्रडक्ट बनेको छ । आइफोन फगत फोन भन्दा माथि जिवनको हिस्सा बनिसकेको उनको भनाई थियो ।

–आइफोनको सबैभन्दा महंगो भाग के होला ? वास्तवमा फोनको रेटिना स्क्रिन यसको सबैभन्दा महंगो भाग हो ।

– एप्पल कम्पनीको सबैभन्दा ठूलो उत्पादनको रुपमा आइफोन रहेको छ । सन् २००७ यता एप्पलको कूल् आम्दानीमा आइफोनको ठूलो हिस्सा रहेको छ । सन् २०१६ को अन्तिम त्रैमासिकमा आइफोनको कूल कमाईको ६० प्रतिशत आइफोन बिक्रिबाटै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *