फेसबुकले Find Wifi फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराउने

एजेन्सी  । सोसल नेटवर्किङ कम्पनी फेसबुकले आफ्नो Find Wifi फिचर विश्वका सबै प्रयोगकर्तालाई उपलब्ध गराउने निर्णय गरेको छ । विश्वका दुई अर्वभन्दा धेरै आइओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि Find Wifi फिचर उपलब्ध गराउने भएको हो । फेसबुकले परीक्षणको रुपमा अघिल्लो वर्ष यो फिचर सुरु गरेको थियो । केही देशका एप्पल प्रयोगकर्ताले मात्र यो फिचर उपयोग गर्न पाइरहेका थिए ।

फेसबुकका इन्जिनियरिङ डाइरेक्टर एलेक्स हिमेलले आफ्नो ब्लग पोष्टमा लेखेका छन्ः हामी आफ्नो फिचर Find Wifi लाई विश्वभर आइओएस तथा एन्ड्रोइड प्रयोगकर्तासम्म विस्तार गर्नका लागि तयार छौँ ।। हामीले गतवर्ष केही देशमा यो फिचर सुरु गरेका थियौँ । उनका अनुसार यो फिचर यात्राका क्रममा मात्र नभई मोबाइल नेटवर्क खासै गुणस्तरीय नभएका ठाउँहरुमा पनि निकै उपयोगी हुने उनको भनाई छ ।

यो फिचरले प्रयोगकर्ताहरुलाई आफु आसपासको वाइफाइ हटस्पट पहिचान गर्नमा सहयोग गर्दछ । जसलाई विभिन्न कम्पनीहरुले आफ्नो फेसबुकको माध्यमबाट शेयर गरेका हुन्छन् । त्यसैले तपाइँ जहाँ हुनुहोस् यदि तपाइँको मोबाइलको नेटवर्क राम्रो छैन भने तपाइँ नजिकैको डाटा कनेक्सन खोज्न सक्नुहुन्छ ।

यसका लागि फेसबुक प्रयोगकर्ताले फेसबुक एपको More नामक ट्याबमा क्लिक गर्नुपर्नेछ । त्यहाँ Find Wifi नामक ट्याबको विकल्प देखिनेछ । फाइन्ड वाइफाइ ट्याब अन गरेसँगै प्रयोगकर्ताले नजिकैको डाटा नेटवर्क पत्ता लगाउन सक्नेछन् । र मोबाइलमा इन्टरनेट कनेक्ट गर्न सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *