प्रादेशिक राजधानी माग गर्दै आजदेखि अनिश्चितकालीन दाङ बन्द

दाङ, माघ ३ । प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

बन्दका कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने उद्योगधन्दा, कलकारखाना, शिक्षण संस्था सबै बन्द भएका छन् ।

बन्द सफल पार्न भन्दै स्थानीय बासिन्दा सडकमा आएका छन् । दाङ प्रादेशिक सरोकार समितिको अगुवाईमा जिल्लाका घोराही, तुलसीपुर, देउखुरी, भालुवाङमा, बिजौरी लगायतका स्थानमा स्थानीय उद्योग बाणिज्य संघको आह्वानमा बुधबार बिहानैदेखि बजार बन्द गरी प्रर्दशन सुरु भएको छ ।

दाङलाई अस्थायी राजधानी नतोक्न चलखेल भइरहेको स्पष्ट संकेत आएको भन्दै राजधानी बनाउन दबाब दिनकालागि बन्द आह्वान गरिएको दाङ प्रादेशीक सरोकार समितिका अध्यक्ष दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 11 =