आज बुधबार, तपाईको राशिफल यस्तो छ

“
काठमाडौं, माघ ३ ।
मेष-(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो भएनि हजुरले आटेको काममा असफलता मिल्ने देखिएको छ तथा आफ्नै परिवारको सदस्य हजुरको विरोधमा जानेछन्। आजको दिनमा हजुरलाई व्यापार व्यवसायबाट घाटा हुनेछ तथा मानसिक कष्ट पनि हुनेछ। जप्ने मंत्र ॐ महालक्ष्म्यै नमः।मेष राशिको स्थायी कुरा – तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,
वृष–(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे वो)
आजको दिनमा हजुरलाई एक्कासी कुनै रोग लाग्ने संकेत देखिएको छ साथै चोटपटक लाग्ने योग बनेको हुनाले गाडी चलाउँदा व सडकमा हिड्दाखरी ख्याल गर्नुहोला। आजको दिनमा हजुरको कुनै व्यक्ति संग विवाद पर्ने छ तथा आफ्नै नेगेटिव सोचको कारणले बन्न लागेको काम बिग्रने छ।
ॐ मंत्र उच्चारणको साथमा 20 मिनट ध्यान गर्नुहोला। वृष राशिको स्थायी कुराहरु-तत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4,
मिथुन-(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा हजुरको आत्मसम्मानलाई ठेस पुग्न सक्ने योग हुनाको साथै आजदेखि दीर्घरोगको शुरुवात हुने संकेत पनि देखिएको छ। यदि हजुरले आजको दिनमा कुनै सरकारी कामको लागि आवेदन गर्दै हुनुहुन्छ भने दुई तीन दिनको लागि त्यो कामलाई रोक्दिनुहोला। आजको दिनमा ॐ विघ्नहर्ताय नमः मंत्र जप गर्नुहोला। मिथुन राशिको स्थायी कुरा–तत्व : वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8,
कर्कट – (हि हु हे हो डा डि डु डे डो)
आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनाको साथै मानसिक शान्ति तथा पारिवारिक सहयोग पाईने योग बनेको छ। आजको दिनमा नयाँ ठाउँको भ्रमण तथा राजनीतिबाट फाईदा देखिएको छ आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्र जप गर्नुहोला।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7,
सिंह-(मा मि मु मे मो टा टि टु टे)
आजको दिनमा हजुरको घरमा चहल पहल हुनाको साथै हजुरको स्वास्थ्य राम्रो तथा यश किर्ति बढ्ने योग बनेको छ। आजको दिनमा हजुरले आफन्तको सहयोगले रोकिएको कामपनि पुरा गर्नुहुन्छ तर आजको दिनमा विद्यार्थीलाई विद्या क्षेत्रबाट फाईदा छैन। बिहानको स्नानपछि ॐ बृं बृहस्पतये नमः । सिंह राशिको स्थायी कुरा-तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज
दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4,
कन्या-(टो पा पि पू ष ण ठ पे पो)
आजको दिनमा ॐ बुं आजको दिनमा हजुरले आटेको काममा असफलता मिल्ने योग देखिएको छ भने दिनको मध्यमा वायुरोग तथा शोक पर्ने खबर सुन्न पर्ने हुन्छ। यदि आवश्यक छैन भने आजको दिनमा टाढाको यात्रा नगरेको राम्रो यदि गर्नु जरुरी छ भने यात्रा भन्दा अघि ॐ विघ्नहर्ताय नमः मंत्रको जप गर्नुहोला ।कन्या राशिको स्थायी कुरा-, तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23
तुला-(रा री रु रे रो ता ती तु ते)
आजको दिनमा हजुरको परिवारको सदस्य संग विवाद पर्ने तथा खानामा गडबड़ी हुने योग परेको छ। आजको दिनमा हजुरले आटेको काममा विघ्नबाधा आउने छन् तथा कुनै शोक पर्ने समाचार सुन्न पर्नेहुन्छ। आजको दिनमा ॐ हनुमते नमः मंत्र जप गर्नुहोला। तुला राशिको स्थायी कुरा-तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,
वृश्चिक– (तो ना नि नू ने नो या यी यू)
आजको दिनमा हजुरको घरमा लक्ष्मीको आगमन हुनाको साथै हजुरलाई आज गरेको हरेक कामबाट फाईदा हुने योग परेको छ। आजको दिन हजुरको लागि नयाँ कामको शुरुवात गर्न दिन परेको छ। आजको दिनमा हजुरको मन धार्मिक तथा सामाजिक क्षेत्रमा जानेछ। आजको दिनमा ॐ महालक्ष्म्यै नमः मंत्रको जप गर्नुहोला। वृश्चिक राशिको. स्थायी कुरा- तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18,
धनु – ( ये यो भा भी भू ध फा ढ भे)
आजको दिनमा हजुरलाई मानसिक असन्तुष्टि मिल्नेछ साथै आँखामा कष्ट हुनेछ। आजको दिनमा विद्यार्थीको ध्यान पढाईमा जानेछैन भने प्रेम तथा सामाजिक स्तरमा अपजस पाईने छ। आज हजुरको स्वास्थ्य सम्बन्धी समस्या आउनेछ आजको दिनमा ॐ वैद्यनाथाय नमः मंत्रको जप गर्नुहोला ।धनु राशिको स्थायी कुरा–, तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव रंग: पहेलो, दिन: बिहीबार ,राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12,
मकर-(भो जा जी जे जू जो खा खी खू खे खो गा गी)
आजको दिनमा हजुरको स्वास्थ्य राम्रो हुनेछ साथै हजुरलाई पारिवारिक सहयोग पनि मिल्नेछ। आजको दिनमा हजुरको प्रेम प्रसंग सुमधुर हुने योग देखिएको छ तथा यात्रा व विद्या क्षेत्र फलदायी हुनेछ। आजको दिनमा ॐ सोमेश्वराय नमः मंत्रको जप गर्नुहोला। मकर राशिको स्थायी कुरा–तत्व: पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिसंगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4,
कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा हजुरलाई मानसिक पीडा तथा हजुरको स्वाभिमानलाई ठेस लाग्ने कुरा सुन्न पर्ने हुन्छ। आजको दिनमा हजुरको आफन्तले नै हजुरको विरोध गर्ने तथा काममा झ्याऊ झमेला हुनेछ। आजको दिनमा ॐ गं गणपतये मंत्रको जप गर्नुहोला।कुम्भ राशिको स्थायी कुरा-तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13,
मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा हजुरलाई एक्कासी धन अथवा जमीन लाभ साथै जताबाट पनि खुशीको खबर सुन्ने योग बनेको छ। आजको दिनमा हजुरलाई सरकारी स्तरमा सम्मान तथा साथीहरुबाट सहयोग पाउने संकेत पनि देखिएको छ। आजको दिनमा ॐ बृ बृहस्पतये नमः मंत्रको जप गर्नुहोला , तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक
भाग्य अंक: 3, 7, 12,
“








