शुद्धोदन गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

कपिलवस्तु, १९ असार । जिल्लाको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार निसार अहमद विजयी हुनुभएको छ । अहमद एक हजार ८३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरीले एक हजार ७६३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका सुधा पाण्डेले दुई हजार ६३५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका विमला चौधरीले एक हजार ७६४ मत प्राप्त गर्नुभयो ।

अध्यक्ष पदमा विजयी हुनुभएका अहमद तत्कालीन बाँसखोर गाविसमा दुई पटकसम्म अध्यक्ष पदमा बसी जिम्मेवारी सम्हालिसक्नुभएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *