बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

विष्णु जोशी, कञ्चनपुर  । बेल्डाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका धनबहादुर थापाले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका चन्द्रबहादुर सिहलाई ६१९ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ३ हजार २१५ र सिहले २ हजार ५९६ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकै उम्मेदवार कमला कार्की निर्वाचित भएकी छन् । कार्कीले आफ्नो निकटतम प्रतिद्वन्दी काँग्रेसका कृष्ण गिरीलाई ८६१ मतको अन्तरले हराउदै उपाध्यक्षमा निर्वाचित भएकी हुन् । कार्कीले ३ हजार १३७ र गिरीले २ हजार २७५ मत प्राप्त गरेका  थिए ।  बेल्डाँडीका एमालेका अग्रज नेता लालबहादुर रावतले एमालेको बेल्डाँडीमा जितसंगै विकास निर्माण लगायत जनतासँग गरेका बाचा पुरा गर्ने समेत बताउनु भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *