कैलालीका घोडा चोर अछाममा पक्राउ

अछाम, माघ २ । २० लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने घोडा चोरी गरी फरार रहेका हुम्लाका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलालीको लम्कीचुहा नगरपालिकाबाट २२ वटा घोडा चोरी गरी अछाम पुर्‍याउने धर्मराज सन्ज्याललाई नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

हुम्लाबाट चिसो छल्न कैलाली लगिएका अनालचुली गाउँपालिकाका ३ जनाका २२ घोडा सन्ज्यालले पुस २६ गते चोरी गरी अछाम पुर्‍याएका थिए। इलाका प्रहरी कार्यालय लम्कीले घोडा चोरी गर्नेको विषयमा अनुसन्धान सुरु गरिएको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =