अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

 

इनरुवा, माघ २ ।अर्नाको आक्रमणबाट सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको आज मृत्यु भएको छ ।

घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको अर्नाले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले जानकारी दिए ।


अर्नाको आक्रमणबाटस्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएकामा जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =