म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई हरायो, यस्तो अंक तालिका
२०७४ जेठ १५ गते

“
काठमाडौं, माघ २ । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३/० ले हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो मार्टियलले एक–एक गोल गरे ।
जितसँगै म्यान्चेस्टर युनाईटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । २३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ ।
४७/४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








