नेपालका शान्तिदुतहरुको टोली अफ्रिका प्रस्थान

माघ १, धरान । विश्वमा शान्तिको सन्देश दिन भन्दै अफ्रिकाको सेनेगलमा हुन गइरहेको लिडरसीप कन्फरेन्समा सहभागी हुने नेपाली शान्तिदुतहरुलाई सोमबार बिदाइ गरिएको छ ।

यही माघ ३,४ र ५ गते सम्म सेनेगलमा हुन गइरहेको लिडरसीप कन्फरेन्समा धरानबाट तीन जना सहभागी हुँदै छन् । टोलीमा युनिभर्सल पिस फ्रेडेरेसन सुनसरीका सल्लाहकार मानबहादुर विश्वकर्मा, शान्तिदुतहरु मानबहादुर मगर र सन्तोष विश्वकर्मा रहेका छन् ।

उनीहरूलाई युफिएफ सुनसरीले धरानमा एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेको छ । सेनेगलको कार्यक्रमबाट विश्वमा शान्ति स्थापनाकालागि लागि पर्न हौसला मिल्ने शान्तिदुत नरेन्द्र पोमोले विश्वास व्यक्त गर्दै नेपालमा स्थायी शान्ति स्थापनाका लागि पनि सन्देश दिने औँल्याए ।

बिदाइ कार्यक्रममा बोल्दै शान्तिदुत गङ्गा कालिकोटेले ‘ विश्वभर शान्तिको सन्देश फैलाउन कन्फरेन्स सफल हुने भन्दै अन्धकार भित्र उज्यालो खोज्ने अभियान नै शान्तिको अभियान भएको बताए । कालिकोटेले सबै धर्म, जात, वर्णलाई समान व्यवहार र एकताको सन्देश दिने अभियान युपिएफको भएको दाबी गर्दै विश्वमा शान्ति निर्माणकालागि असहजता र अन्धकारलाई कुशल ढङगले हटाउने जिम्मेवारी शान्तिदुतहरुसँग रहेको प्रस्ट्याए ।

कार्यक्रममा युपिएफ सुनसरीका अध्यक्ष विक्रम श्रीले सेनेगलमा विश्वका १ सय ९२ राष्ट्रका अभियान्ताहरु भेला हुने जानकारी दिँदै यो कार्यक्रम विश्वका दुर्लभ कार्यक्रमहरूमा पर्ने दाबी गरेका थिए । ‘अफ्रिकामा स्थायी शान्तिको आवश्यक्ता छ, त्यहाँको राष्ट्रले लामो प्रतीक्षापछि यो कार्यक्रम गर्ने अवसर पाएको छ । यसले त्यहाँ स्थायी शान्ति स्थापनाका लागि मार्गदर्शन गर्न सक्छ ।’ उनले भने ।

कार्यक्रममा युफिएफ सुनसरीले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका विक्रम श्रीलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =