नर्सहरुले ड्युटी छोडे

काठमाडौँ, माघ १ । विभिन्न माग राख्दै नर्सहरुले जारी राखेको आन्दोलनका कारण अस्पतालहरुको नर्सिङ सेवा प्रभावित भएको छ । नर्सहरुले आजदेखि दिनको ३ घन्टा काम ठप्प पार्नेगरी आन्दोलन सुरु गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले आफुहरुको मागको सुनुवाई नगरेको भन्दै बिहान १० बजेदेखि दिउसो १ बजेसम्म लागि ड्युटी छाडेका हुन् ।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त पुनर्बहाली, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्थापना लगायत ११ बुंदे माग राख्दै नर्सहरु एक सातादेखि आन्दोलनमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =