‘त्रिवेणी धामको महत्त्व’

नवलपरासी, माघ १ । नवलपरासीको त्रिवेणीमा माघे औसीका दिन बिशाल मेला लाग्ने गरेको छ । विनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा नारायणी, सोन भद्र र पुर्ण भद्र नदिको संगम स्थल मानिन्छ । त्रिबेणी धाममा माघे औशीको दिन हरेक बर्ष मेला लाग्ने गरेको छ । मेलामा नेपाल लगायत भारतको बिहार, उत्तर प्रदेश, झारखण्ड, दिल्ली, गुजरात, प्रान्त बाट लाखौ श्रधालु भक्तजनहरु आउने गरेका छन् ।

मेला तथा श्रधालु भक्तजनहरुलाई सरल र सुलभ बनाउनका लागी मेलामा करिब साढे तिन सय सुरक्षा कर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

साथै १४ वटा उप समिति ७५ जना स्वयम् सेवक, ४ ठाउँमा स्वास्थ्य शिविर, ११ वटा सार्वजनिक शौचालय,एक ऐम्बुलेन्स, सशस्त्र प्रहरी बल बाट ९ सदस्यीय रेस्क्यु टिम, पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी व्यवस्था गरिएको मेला ब्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रितम गुरुङले बताए ।

औशी मेलामा स्नान तथा अवलोकनका लागी करिब ५ लाख श्रद्धालु भक्तजनहरु आउने मेला ब्यस्थापन समितिले जनाएको छ । सोना, नारायणी र तपसा नदीको संगमस्थलमा प्रसिद्ध त्रिवेणी धाम पर्दछ ।

यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् । यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ ।

स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको पाइन्छ । कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलठूला मेला लाग्दछन् । त्यति बेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणी धामका मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । त्रिवेणीको स्नान अति उत्तम मानिन्छ ।

स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ । त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ । नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ज्यादा रहेको हो ।

नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =