वेष्ट इन्डिजसँग भारत ११ रनले पराजित


“
एजेन्सी – कप्तान जेसन होल्डरले पाँच विकेट लिएपछि सामान्य लक्ष्य पछ्याइरहेको भारतलाई रोक्दै वेष्ट इन्डिजले ११ रनको जित हात पारेको छ । होल्डरले अन्तिम ओभरमा २ विकेट लिएपछि भारत अलआउट भएको थियो ।
पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १ सय ८९ रन जोडेको थियो। एक समय १३६/३ को स्थितिमा रहेको वेष्ट इन्डिजले तल्लोक्रममा ब्याटिङ सम्हाल्न नसकेपछि सामान्य स्कोर बनायो । उसका लागि लेविस र होपले समान ३५/३५ तथा चेजले २४ रनको येगदान दिए । भारतको लागि उमेश यादव र हार्दिक पाण्ड्याले ३/३ तथा कुलदिप यादवले २ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको भारत एक समय राम्रो स्थितिमा रहेपनि लगातार विकेट गएसँगै खेलको नतिजा सुम्पेको थियो । भारतका लागि अजिङ्क्या रहानेले ६० तथा धोनीले ५४ रनको योगदान दिए । हार्दिकले २० रन जोडेका थिए भने कप्तान कोहलीले ३ रनको योगदान दिए ।
“
