भिसा कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म क्यास व्याक हुने

काठमाडौँ, पौष, ३०। कार्ड लोयल्टी प्रोगामको रूपमा नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड तथा सानिमा बैङ्कका भिसा कार्ड सञ्जालसँग आबद्ध रहेका बैंकहरुले संयुक्त रूपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरूले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारका योजना थालिएको सानीमा बैङ्कले जनाएको छ । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरूमा भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने अनि कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्वजनिक गरिएको छ ।

कार्ड बाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् । उनीहरूले आफ्नो खातामा नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम पाँच सयको कारोबार ग्राहकहरूले गर्नु पर्नेछ ।

यस योजना बाट सेन्चुरी बैङ्क लि., ग्लोबल आइएमई बैङ्क लि., कुमारी बैङ्क लि., महालक्ष्मी विकास बैङ्क लि., मेगा बैङ्क नेपाल लि., मुक्तिनाथ विकास बैङ्क लि., एनसिसि बैङ्क लि., नेपाल इन्भेष्टमेण्ट बैङ्क लि., राष्ट्रिय वाणिज्य बैङ्क लि., सानिमा बैङ्क लि. र टुरिजम डेभलपमेन्ट बैङ्क लि. का भिसा कार्ड प्रयोगकर्ताहरू लाभान्वित हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =