बालुवा बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

धनगढी, पुस ३० । डडेल्धुराको भित्रि मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा आईतबार भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

नदिबाट बालुवा लिएर आउदैँ गरेको से १ प ९५५० नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक सैलेन्द्र भट्टले जानकारी दिएका छन् ।

दुर्घटनामा परी परशुराम नगरपालीका ५ बस्ने २२ वर्षीय चालक दिपक भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । यस्तै साही ठाउँका मजदुर नबराज भट्टराई र लक्ष्मण भट्टराई घाईते भएका छन् । गम्भिर घाईते नराजलाई थप उपचारका लागि धनगढी ल्याईएको छ भने लक्ष्मणको स्थानीय जोगबुडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =