कैलालीमा ब्राउन सुगरसहित तीनजना पक्राउ
२०७४ जेठ १५ गते

“
धनगढी, पुस ३० । धनगढीमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २२ वर्षीय रवि बम, २१ वर्षीय रामकृष्ण बोहरा र धनगढी वडा नम्बर २ का २२ वर्षीय अनिल सिंहलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनीहरूलाई धनगढी वडा नम्बर ४ चौराहस्थित कान्तिपुर क्याफे अगाडिबाट पक्राउ गरेको जनाएको छ ।
युके ०७ एएस ५५८० नम्बरको भारतीय मोटरसाईकल र से ३ प ६२०६ नम्बरको मोटरसाईकल रोकेर बसिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
उनीहरूसंग तीन दशमलब एक ग्राम ब्राउन सुगर फेला परेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








