चेम्वर अफ कमर्समा पुनः राजेशकाजी

काठमाडौं, पुस ३०। नेपाल चेम्वर अफ कमर्सको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा राजेशकाजी श्रेष्ठ पुन: निर्वाचित भएका छन्। चेम्वरको नयाँ विधानसहित ६७औँ साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्य समिति छनोट गरिएको हो। आठ पदाधिकारीसहित ६१ जनाको कार्यसमिति सर्वसहमतिबाट छनोट भएको हो।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन्। नेपाल निर्जीवन कम्पनीका अध्यक्षसमेत रहेका उनी यसअघि द्वितीय उपाध्यक्ष थिए। चेम्वरको नयाँ विधानअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १ र ६ जना उपाध्यक्ष पदाधिकारीमा रहनेछन्।

जसअनुसार नेपाल उद्योग वाणिज्य महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार पनि उपाध्यक्षमा निर्वाचित भएका छन्।

उनी चेम्वर कार्यसमितिमा विशिष्ट मानार्थ उपाध्यक्ष रूपमा रहनेछन्। त्यस्तै, पूर्वसांसद इच्छाराज तामाङ वस्तुगत उपाध्यक्ष, व्यसायी दीपक मलहात्रा जिल्ला उपाध्यक्षमा निर्वाचित भएका छन्। वाणिज्य उपाध्यक्षमा कमलेश अग्रवाल, उद्योग उपाध्यक्षमा महेन्द्रमान श्रेष्ठ र राष्ट्रिय उपाध्यक्षमा नरेश श्रेष्ठ निर्वाचित भएका छन्। ५५ जना कार्य समिति सदस्य पनि सर्वसहमतिबाट निर्वाचित भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =