चितुवाको छालासहित लमजुङमा तीनजना पक्राउ
२०७४ जेठ १५ गते

“
लमजुङ, पुस ३० । लमजुङमा चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले बेंसीशहरको एक होटलबाट चितुवाको छालासहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका–५ बस्ने विनोद तामाङ, राजेश अधिकारी र सोही नगरपालिका–६ का कमल तामाङ छन् ।
उनीहरुलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








