करेन्ट लागेर इलाममा एक जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
इलाम, पुस ३० । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इलाम नगरपालिका–८, तिल्केनीका २३ वर्षीय बेदप्रसाद तामाङको आइतबार करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घर बनाउदा बांगिएको रड सिधा पार्ने क्रममा विद्युतको मेन लाईनमा रडले छोएपछि तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेका तामाङलाई उपचारका लागि इलाम अस्पताल ल्याउदै गर्दा बाटोमा नै मृत्यू भएको हो ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








