आर्मी खप्तड गोल्डकपको फाइनलमा

धनगढी, पुस २९ । नेपाल आर्मी खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
कैलालीको धनगढीमा आज भएको खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठ, भरत खवास र सन्तोस तामाङले १ – १ गोल गरे । मनाङका लागि हेमन गुरुङले १ गोल गरे ।
आर्मीले उपाधिका लागि भोली हुने सुदुरपश्चिम ११ र सशस्त्र प्रहरीको एपीएफ क्लवबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =