छोरी जन्माउने आमालाई भत्ता !

बैतडी, पुस २९ । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई १ हजार भत्ता दिने निर्णय गरेसंगै हालसम्म ४८ जना आमाहरूलाई प्रोत्साहन भत्ता दिएको छ ।

स्वास्थ्य सस्थामा आएर छोरी जन्माउने ४८ आमालाइ नेपाल सरकारले दिदै आएको सस्थागत सुत्केरी भएकोमा एक हजार र चारपटक गर्भजाँच गराएमा थप चार सय बाहेक गाउँपालिकाले दिएको थप एक हजार प्रोत्साहन भत्ता बितरण गरिएको हो ।

गाउँपालिकाको यो निर्णयले दोगडाकेदार गाउँपालिकाका महिला निकै खुसि भएका छन् । छोरी जन्मिदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =