भारतबाट संकेत नम्बरको प्रमाणपत्र विना निकासी पैठारी गर्न नपाईने

भारतबाट निकासी पैठारी संकेत नम्बरको प्रमाणपत्र विना निकासी पैठारी गर्न नपाईने नेपाल सरकारले साउन १ गतेदेखि लागु गर्ने भएको छ । नेपालगन्ज भन्सार कार्यालय बाँकेको आयोजना तथा नेपालगंज उद्योग वाणिज्य संघको सह–आयोजनामा भएको निकासी पैठारी संकेत नम्बर प्रमाणपत्र वितरण कार्यक्रममा भन्सार विभागका निर्देशक दिव्य राज पोखरेलले बताउनुभयो । निकासी तथा पैठारी गर्ने फर्म र व्यक्तिले निकासी पैठारी संकेत नम्बरको प्रमाणपत्र लिएर मात्र कारोवार गर्न नेपाल सरकारले यस्तो खालको प्रमाणपत्र लागु गरेको हो ।
आइतवार नेपालगन्जमा निकासी पैठारी नम्बरको प्रमाणपत्र वितरण कार्यक्रममा अर्थ मन्त्रालय राजश्व विभाग प्रमुख विष्णु प्रसाद नेपालले प्रमाणपत्र विना निकासी पैठारीको कार्य गरे कानुन बमोजिम कारवाही समेत गरिने उहाँले बताउनुभयो । भारतबाट आयात निर्यात गर्ने व्यवसायीलाई नेपाल सरकारले अन्तराष्ट्रिय स्तरको मान्यताका साथ एक्जीम कोर्ड लागु गरिएको जानकारी गराउनुभयो । नेपाल भारतको मुख्य नाकाबाट दैनिक लाखौको कारोवार गर्ने व्यवसायीलाई झन्झनबाट मुक्त गराउन एक्जीम कोर्ड लागु गरिएको उहाँले बताउनुभयो ।
प्रमाणपत्र वितरण कार्यक्रमको अध्यक्षता नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले गर्नुभएको कार्यक्रममा व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । भन्सार ऐन, २०६४ को दफा ८९ ख सम्बन्धी कार्यविधि, २०७३ (प्रथम संशोधन) अनुसार निकासी तथा पैठारी गर्ने फर्म र व्यक्तिले निकासी पैठारी संकेत नम्बरको प्रमाणपत्र वितरण कार्यक्रमलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *