मात्रै मान्छे !

 

 

 

 

 

 

 

 

 

जब म
आइमाई बस्ने पिँजडाबाट बाहिरिएँ

अहो !
मयुरका प्वाँख झैँ
रंग विरङ्ग भई
सपना, उमङ्ग र स्वतन्त्रताका प्वाँखहरू
एकैसाथ फिजारिए
र, आफूलाई
आईमाई मान्छेबाट
मात्रै मान्छेमा रुपान्तरण गरेँ ।

बर्षौदेखि थुनिएकी म
विवशताको पिँजडामा
चुलाको चौघेरा
धारा अनि पधेँरा
एकपक्षीय सामाजिक संस्कारको नियम
र, आईमाई जातको सुगाबाट
बल्ल बाहिरिएँ
खुल्ला आकाशमा ।

कहालीलाग्दो कष्टकर पिंजडाबाट
एकफेर स्वतन्त्रताको लामो श्वास फ्याल्दै
अब म
मात्रै मान्छे बन्दैछु ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =