शेषनाग आकारका ‘क्याक्टस’ मा विशेष आकर्षण

धरान, पुस २९ । व्यवसायीक नर्सरीहरुको सहभागीतामा फूलको बजार प्रवद्र्धन गर्न धरानमा जारी दोस्रो पूर्वाञ्चल पुष्प प्रदर्शनी मेलामा दर्शकको आकर्षण बढ्दै गएको छ ।

विहीवार देखी शुरु भएको प्रदर्शनीमा राजधानी काठमाण्डौ, दार्जि्लिङ सहित नेपालका १६ जिल्लाका २५ वटा व्यवसायीक नर्सरीहरुले ३१ वटा स्टलहरुमा फुलका विरुवा, प्राङगारिक मल, औषधी, औजार विक्रीका लागि राखेका छन् ।

विरुवाहरुमा फलफुलका कलमी विरुवा, सजावटका हरिया बोटहरु छन् । सामान्य फुलका बेर्ना १० रुपया देखी ५० हजार रुपया मूल्य सम्मका बोट विरुवाको दाम रहेका छन् ।

धरान–१ अमान बजारमा लागेको फुलको बजारमा विहीवार दिनभरी नै फुलका प्रेमीहरुको भीडभाड लागेको थियो । किनबेच चलिरहेका थिए । अवलोकन कर्ताहरुको जिज्ञासु दृष्टिमा सबै भन्दा बढी क्राºट क्याक्टस र बोन्साई आकर्षक रहेको छ ।

मेलामा प्रदर्शनी तथा विक्रीका लागि राखिएको बरको ३५ वर्षको बोन्साई प्रदर्शनीस्थाल प्रवेश मार्गको पहिलो स्टलमा राखिएका छन । ५० हजार रुपया मुल्य राखिएको उक्त बरको बोन्साई सबैको नजरको तारो बनेको देखिन्थ्यो । उक्त बोन्साई संगै २५ हजार रुपया मुल्य राखिएका समीका २५ वर्षे बोन्साईहरु पनि छन् ।

लगत्तै दोश्रो स्टलमा लहरै राखिएको रातो पहेंलो रंगीन क्राफ्ट क्याक्टसका ससाना झलमल्ल झैं देखीएका कलमी फुलका विरुवाहरु सबैको मन लोभ्याउने आकर्षक रुपमा बिक्रीका लागि राखिएका छन् । मेलाका स्टलहरुमा राखिएका रंगी चंगी फुलिरहेका कलमी फुलका विरुवाहरु कहीँ कतै देखी रहेका तर, झाडी जंगल जस्तै लाग्ने फुलहरु छन् । तर, त्यहाँ ससाना बोटमा गजबले फुलेको देख्दा जो कोही लाई आकर्षित गरिरहेको देख्नु अस्वभाविक हुन्न ।

मेलाको बिक्रीका लागि राखिएका क्याक्टस प्रजातिकै कलमी फुल अवलोकनकर्ताहरुका लागि अर्को आकर्षणको विषय बनेको देखिएको छ ।

थाइल्याण्ड मुलको उक्त क्याक्टस शेषनाग आकारमा फुलेको देखिनु अवलोकनकर्ता लाई अनौठौ लाग्नु स्वभाविक हुने गरेको छ । करिब ६ इञ्जवर्गको उक्त फुलको नाम अनुसारको दाम पनि आकर्षक छ । थाइल्याण्ड कोबरा नामको उक्त क्याक्टसको प्रति गोटा २ हजार ५ सय राखिएको छ ।

प्रदर्शनीमा पुष महिना फूल फूल्ने भवेना, मेरोगोल्ड, गजेनिया, साल्मिया, लिरियम लगायत कुल १ सय भन्दा बढी प्रजातिका फूलहरु स्टलमा राखिएका छन् । उद्घाटनको अवसरमा उत्कृष्ट फूलका नर्सरीलाई आयोजकले पुरस्कृत गरेको थियो ।

पहिला स्थानमा इटहरीको रितु नर्सरी, दोस्रो स्थानमा मोरङको दिपेश नर्सरी र तेस्रो स्थानमा धरानको पवित्रा नर्सरी लाई पुरस्कृत गरिएको हो । कृषि मन्त्रालय तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित पुष्प प्रदर्शनीमा २ लाख बढीले अवलोकन अनुमान गरिएको छ । मेलामा १ करोड माथि कारोबार हुने आशा रहेको आयोजक समिति समितिका प्रेम पराजुलीले जानकारी दिएका छन । ।

हाल नेपालमा १ सय ५३ हेक्टर जमीनमा पुष्प व्यवसाय भएको र ४१ हजार भन्दा बढी मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फूल व्यवसायबाटै जीविका पार्जन गरेको फ्लोरीकल्चर एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =