स्कारपियो दुर्घटनामा एकको मृत्यु, चार घाइते
२०७४ जेठ १५ गते

“
धादिङ, पुस २९ । त्रिभुवन राजपथअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–५ दामेचौरमा शनिबार दिउँसो स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाका अनुसार मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा१६च ८७७३ नंको स्कारपियो सडकबाट खोल्चामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चितवन जिल्ला रत्ननगर नगरपालिका–७ का ३८ वर्षीय चालक भजुराम महतोको घटनास्थलमै ज्यान गएको हो ।
सोही दुर्घटनामा चितवनस्थित सोही स्थानकी ३० वर्षीया खीमकुमारी महतो घाइते भएकी छिन् । घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खाल्डाखुल्डी सडकमा तीव्र गतिमा गुडेको गाडी ८०० फिट तल खोलामा खसेर दुर्घटना भएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








