कञ्चन गाउँपालिकामा एमाले विजयी

लुम्बिनी, १८ असार । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको रुपन्देहीमा अन्तिम मत परिणाम आउने क्रम सुरु भएको छ । रुपन्देहीका १६ स्थानीय निकायमध्ये कञ्चन गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । कञ्चन गाउँपालिकामा नेकपा(एमाले)ले अध्यक्ष तथा उपाध्यक्ष दुवैमा जितेको छ ।

पाँच वटा वडा रहेको गाउँपालिकामा एमालेका गोकर्णबहादुर क्षेत्री छ हजार ७७७ मत ल्याएर विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी गोमा पराजुलीले छ हजार ९२४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो । उहाँहरु काँग्रेसका डोलबहादुर थापा र तीर्थीकुमारी थरुनीलाई पछाडि पार्दै विजयी हुनुभएको हो । थापाले पाँच हजार ९६७ र थरुनीले पाँच हजार ५२९ मत ल्याउनुभएको थियो ।

एक्काइस हजार ५४३ मतदाता रहेको गाउँपालिकामा १६ हजार ७४ मत खसेको निर्वाचन अधिकृत पार्वती शर्माले जानकारी दिनुभयो । गाउँपालिकामा बदर मत भने निकै न्यून रहेको बताइएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *