नक्कली नोट छाप्ने गिरोहका दुई भारतीय पक्राउ
२०७४ जेठ १५ गते

“धनगढी, पुस २९ । प्रहरीले नेपाली नक्कली नोट छाप्ने गिरोह मध्येका दुई जना भारतीय नागरीकलाई कञ्चनपुरबाट पक्राउ गरेको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ६ दशगजा नजिक दुमली भन्ने ठाउबाट उनिहरुलाई बिहिवार राती रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको पिलिभित जिल्ला सारतपुरी बलाह बजारघाट १ बस्ने २२ बर्षिय बलबीर सिंह र सोही ठाउ बस्ने १९ बर्षिय अनमोल भनिने कृष्ण सिंह रहेका छन् ।
उनिहरुलाई बिशेष सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट नेपाली १ हजार को साईजमा काटिएका कागजका टुक्राहरु साथै सो कार्यमा प्रयोग हुने बिभिन्न केमिकलहरु र लेन्स पनि बरामद गरिएको छ ।
पक्राउ परेका दुबैलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








