पोखराका ट्याक्सी मिटरमै चलाउन सहमति

पोखरा, पुस २९ । मिटरमा ट्याक्सी नचलाई आफुखुशी मनलाग्दी भाडा असुलेर कारवाईमा परेपछि आन्दोलित भएका पोखराका ट्याक्सीहरु मिटरमै यात्रीलाई सेवा दिन सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालर्य कास्कीमा शुक्रबार भएको छलफलमा व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् ।

मुलुक संक्रमणकालिन अवस्थामा रहेको अवस्थामा करिब १५ बर्षदेखि बिनामिटर मोलमोलाईका भरमै पैसा कुम्ल्याउदै आएको व्यवसायीहरु प्रहरीको कारवाहीमा परेपछि मिटरमै प्यासेन्जर बोक्न बाध्य भएका हुन् ।

पोखरामा सञ्चालित २ हजार २ सय ट्याक्सीहरुले मोलमोलाईकै भरमा मनलाग्दी भाडा लिने गरेका थिए । अब भने सुरुमा १४ रुपैयाँबाट मिटरमा भाडा उठ्दै जाने छ । भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ ।

गत सोमवार मिटरमा नचलाएर मनपरि भाडा असुलेको बताउँदै प्रहरीले १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए । बिहिवार ट्याक्सी व्यवसायीको समर्थनमा गण्डकी र धौलागिरिमा आप्mना सेवा सञ्चालन गर्दै आएका सवै व्यवसायी समितिले भाडाका सवै सवारी ठप्प पारेको थिए । शुक्रवार अन्य ब्यवसायीले सेवा सुचारु गरेपनि ट्याक्सी व्यवसायीले सवारी चलाएका थिएनन् ।

दुई दिन सम्म आफ्ना सवारी साधन नचलाई प्रशासन सँग बार्ता गर्दा पनि प्रशासन टसमस नभएपछि व्यवसायीहरु बाध्य भएर मिटर प्रणालीमा जान सहमत भएका हुन् । प्रशासनले विस्तारै भाडा समायोजन गर्दै जाने आश्वासन व्यवसायीलाई दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =