दुर्इ बस आपसमा ठोक्किदा १७ घाईते

“
धनगढी, पुस २९ । कैलालीको लम्कीचुहा नगरपालिकामा आज बिहान दुई बस एक आपसमा ठोक्किदा १७ जना घाईते भएका छन् । ३ जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विरबहादुर बुढामगरले बाक्लो हुस्सुका कारण लम्कीचुहा नगरपालिका ६ को बुलरामा बिहान पौने ८ बजे दुर्घटना भएको बताए ।
अत्तरियाबाट नारायणघाट जादै गरेको नारायणी यातायातको ना ७ ख २२६ र टिकापुरबाट धनगढी आउदै गरेको सुदुरपश्चिम यातायातको ना ४ ख ५१३ नम्बरको बस एक आपसमा ठोकिएको उनले जानकारी दिए ।
घाइते सबैको स्थानीय लालरत्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये ३ जना, नवलपरासीको मध्यविन्दु नगरपालिकाका ३४ वर्षिय टिका जैसी, सोही स्थानका ३४ वर्षिय भुपेन्द्र महतो र कावासेती नगरपालिकाका ३० वर्षिय हिरामनी महतोको अवस्था मध्यम रहेको प्रहरी नायब उपरिक्षक बुढामगरले जानकारी दिए ।
घाइते तीनै जनालाई नेपालगञ्ज रेफर गरिएको छ ।
“








