अस्तब्यस्त सहर : कसैलाई कर, कसैलाई रहर.. (कविता)
२०७४ जेठ १५ गते

“
अस्तब्यस्त सहर
कसैलाई कर, कसैलाई रहर
उफ !
पानी पर्छ हिलो, घाम लाग्छ धुलो
केही गर्दा धर छैन, काठमान्डु सहर
भ्रष्ट कर्मचारीको भरोसा, स्वार्थी नेताको भर
अनि, कहाँबाट आउनु, बिकासको लहर
बदमासीलाई छुट छ, इमानदारीलाई डर
भोकोलाई बेवास्ता, अघाकालाई कर
अधिकार खोज्ने, कर्तब्य बिर्सने
साथिले साथिलाई नदेख्ने
आफन्तले आफन्तलाई बिर्सने
छिमेकीले छिमेकीलाई नचिन्ने
उफ !
असभ्य सहर
धुलोमैलो सहर
अस्तब्यस्त सहर
मेरो देसको राजधानी
काठमान्डु सहर
छैन कसैको आशा, छैन भरोसा
मात्र एउटा छ, त्यो हो सङघीयता ।
भोटराज राई, पत्रकार, उदयपुुर, हाल काठमाडौं ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








