शरीरमा आगो सल्किँदा एक महिला घाइते
२०७४ जेठ १५ गते

“काँकडभिट्टा, पुस २९ । आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी घाइते भएकी छन् । बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईको कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ ।
पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उनको शरीरमा थाहै नपाई आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








