सरकार र डाक्टर केसीविच सहमति, आजै अनसन तोडिने 

काठमाडौं, पुस २९ । सरकार र अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीबीच सहमति भएको छ । सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डीनमा प्रध्यापक डाक्टर जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख छ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा छ ।

सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ । सर्वोच्च अदालतले आईओएमको डीनमा शशी शर्मालाई पुनर्वाहली गरेलगत्तै प्राध्यापक डाक्टर केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बस्नुभएको थियो ।

तर, अदालतले केसीमाथी अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । अदालतले रिहा गर्ने आदेश दिएपछि पुनः अनसनलाई निरत्तरता दिएका केसी र सरकारबीच सहमति बनेको हो । सहमतिसंगै डाक्टर केसीको अनसन तोडिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =