बाँकी काम थाती राखेर देउवा सरकारले १६ जनालाई सहिद घोषणा गर्यो

काठमाडौं,पुस २८ । ‘काम कुरो एकतिर कुम्लो बोकी ठिमीतिर` भनेझै प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंंठकले १६ जनालाई सहिद घोषणा गर्यो ।

बैंठकले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे ठोस निर्णय गर्न नसकेपनि आजभन्दा ३८ वर्षअघि छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।

२७ कात्तिक ०३६ मा धनकुटाको छिन्ताङ गाउँमा नेकपा मालेका १६ जना कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो । उनीहरुलाई आज सरकारले सहिद घोषणा गरेको छ । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको वामपन्थीहरूको आरोप छ ।

मृतक घोषणाभन्दा पनि सबैभन्दा पहिलो प्राथमिकता प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्ने भएपनि यसबारेमा कुनै ठोस निर्णय हुन सकने । यसअघिको बैंठकले आज उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो । तर सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए ।

आज सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न नसकेपछि आगामी बैठकबाट प्रदेश प्रमुख तोक्ने र अस्थायी मुकाम तोकिने सञ्चारमन्त्री बस्नेतले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =