नेपाल लगानीको उत्कृष्ट गन्तव्य : उपराष्ट्रपति

रत्ननगर पुस २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ भएको बताएका छन् । रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपाल विश्वमै लगानी गर्ने उत्कृष्ट गन्तव्य भएको बताए ।

उनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको र अब देशको मुहार फेरिन धेरै समय नलाग्ने बताए । मुलुकमा लामो समयको राजनीतिक संक्रमण अन्त्य भएको उनले बताए । ‘देशमा प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भएको छ, राजनीतिक संक्रमण अब सकिएको छ । अब आर्थिक समृद्धिको बाटो खुलेको छ’ उपराष्ट्रपति पुनले भने ।

उनले जनताले दिएको जनमतको कदर गर्दै नयाँ सरकार छिट्टै गठन हुनुपर्ने बताए । उनले संघीय संरचनाअनुसार केन्द्रीय र प्रदेश सरकार गठनमा अब ढिला गर्न नहुने बताए । उनले केन्द्र र प्रदेशमा छिट्टै सरकार बन्नेमा आफू आशावादी रहेको बताए ।

‘केन्द्र र प्रदेशमा अब छिट्टै सरकार बन्नेछ, त्यता तर्फ सरकार र दलहरुको ध्यान केन्द्रित होस’ उनले भने । स्थानीय सरकार बनिसकेको भन्दै उनले अब केन्द्रीय र प्रदेशको सरकार गठन हुन जरुरी रहेको बताए । निर्वाचनको जनादेशले नयाँ सरकारको आवश्यकता महसुस गरेको भन्दै उनले जनमतको कदर गरेर नयाँ सरकार गठन प्रक्रिया सुरु गर्न दलहरुलाई आग्रह गरे ।
तीन वटा निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको युगमा प्रवेश गरेको उपराष्ट्रपति पुनको भनाइ छ । अबको युग आर्थिक समृद्धिको युग हो उनले भने सोही अनुुसार काम गरेर मुलुकलाई विकासको उचाईमा पु¥याउन आवश्यक छ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको भन्दै उपराष्ट्रपति पुनले विदेश लगानी भित्र्याउन अब बन्ने सरकारको ध्यान केन्द्रित हुन जरुरी रहेको बताए ।

उपराष्ट्रिपति पुनले जलविद्युत, कृषि, पर्यटन, जडिबुटीको व्यवसायिकरणको लागि ठूलो लगानी हुन जरुरी रहेको बताए । उपराष्ट्रिपति पुनले प्रकृतिक सम्पदालाई विकासको आधर बनाउन सरकरलाई सुझाब दिए । हामीसंग अथाह प्रकृतिक संम्पदा रहेका छन उनले भने यसलाई आधार बनाएर विकास गर्न सकियो भने मुलुक छिटै समृद्ध बन्नेछ । उपराष्ट्रपति पुनले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्रको साझेदारी फराकिलो हुनुपर्ने बताए ।

गरिवी न्यूनीकरणको लागि निजी क्षेत्रको भूमिका अहम रहेको भन्दै उनले गरिवी न्यूनीकरण र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्र बीच बलियो सम्बन्ध हुनुपर्ने बताए । उनले सरकार, निजीक्षेत्र र सहकारीको सहकार्यबाट मात्र आर्थिक विकास सम्भब रहेको उपराष्ट्रपति पुनको भनाई थियो ।

उपराष्ट्रपति पुनले चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययन सुरु गर्न सरकारलाई आग्रह समेत गरेका छन । कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको विकासको हिसावले चितवन धेरै अगाडि रहेको भन्दै उनले जिल्लालाई विशेष आर्थिक क्षेत्र बनाउनु पर्ने बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =