‘सवा’ले पायो अध्यक्षमा ज्ञवाली

ललितपुर, पुस २७ । सवा उपभोक्ता सहकारी संस्था लि.कुसुन्ति १३, ललितपुरको अध्यक्षमा भुपेन्द्र ज्ञवाली निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न सवाको चौथो वार्षिक साधारण सभाले ज्ञवालीलाई नयाँ सञ्चालक समितीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

यसैगरी, लक्ष्मी श्रेष्ठ उपाध्यक्ष, रविनमान अमात्य सचिव, रिजी खड्गी कोषाध्यक्षमा निर्वाचित भएका छन् । समितीमा दुर्गा मास्के, यमुना निरौला र विलक्ष्मी कर्माचार्य रहेका छन् । दिव्यतारा तुलाधरको संयोजकत्वमा अप्सरा डंगोल र शोभा घिमीरे सहित ३ जनाको लेखा सुपरिवेक्षण समिती पनि सर्व सम्मत रुपमा निर्वाचित भएको छ ।

सवा नेपालको शभाहल कुसुन्ति १३, ललितपुरमा संस्थाका उपाध्यक्ष लक्ष्मी श्रेष्ठको शभापतित्वमा सम्पन्न कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रतिनीधि चिरन्जिवी पौडेल प्रमूख अतिथि थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =