मेक्सिको र पोर्चुगल तेश्रो स्थानको लागि आज मैदानमा उत्रदै

एजेन्सी – सेमिफाइनलमा पराजित टोली मेक्सिको र पोर्चुगल फिफा कन्फेडेरेसन कप अन्तर्गत तेश्रो स्थानको खेलको लागि आज मैदानमा उत्रदैछन् । मेक्सिकोले जर्मनी र पोर्चुगलले चिलीसँग सेमीफाइनलमा पराजित भएको थियो ।

समूह चरणमा यी दुई टोलीको खेल हुँदा खेल २-२ को बराबरीमा सकिएको थियो। खेलको अन्तिम मिनेटमा हेक्टर मोरेनोले हेडर गोल गर्दै अंक बाँड्न बाध्य पारेका थिए। मेक्सिको र पोर्चुगलबिचको पछिल्ला ४ खेलमा पोर्चुगल अपराजित रहेको छ।  पोर्चुगल उक्त खेलमा रहेको २ जित र २ बराबरीको नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

यद्दपी पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो सेमिफाइनल खेल सकिएलगत्तै टोली छाडेर गएका छन् । आफ्नो जुम्ल्याहा छोराहरु जन्मेपछि टोली व्यवस्थापनले उनलाई बिदा दिएको हो। रोनाल्डोले मेक्सिको विरुद्धको खेलमा सहभागिता जनाउने छैनन् । यद्दपी पछिल्लो खेल प्रतिबन्धका कारण गुमाएका डिफेन्डर पेपे भने छनोटको लागि योग्य हुनेछन् ।

मेक्सिकोले पनि यस खेलका लागि वैकल्पिक खेलाडीहरुलाई मौका दिने बुझिएको छ। गोलरक्षक गिल्लेर्मे ओचोआ, डिफेन्डर हेक्ट मोरेनो, फरवार्ड जाभिएर हर्नान्डेज लगायतका खेलाडीहरुलाई विश्राम दिइने बुझिएको छ । खेल नेपाली समयानुसार रातको ७:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *