गौचन हत्याः थप ३ पक्राउ

काठमाडौं, पुस २७ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मध्ये थप ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले राजकुमार साह, सूर्य बाजी र श्याम गुप्तालाई पक्राउ गरेको हो । यो सँगै गौचन हत्या प्रकरणमा पक्राउ परेका अभियुक्तको संख्या ११ पुगेको छ ।

पछिल्लो पटक प्रहरीको नियन्त्रणमा आएका मध्ये केहिले अभियुक्तहरुलाई सिमकार्ड दिएर सहयोग गरेका थिए भने केही पैसाको लेनदेनमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी मुद्धा प्रक्रिया अघि बढाइएको छ । घटनामा संलग्न ८ जनालाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =