फेरी नेपाल जिते ‘बडामहाराज’ले, गणतन्त्रपछि पहिलोपटक मनाइयो ‘पृथ्वी जयन्ती’

काठमाडौं, पुस २७ । गणतन्त्र स्थापनापछि पहिलोपटक पृथ्वीनारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवारको मुख्य प्रवेशद्धार अगाडि रहेको पृथ्वीको शालिकमा माल्यार्पण गरेकी छन् ।

गणतन्त्र नेपालका राष्ट्रपतिले राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको यो पहिलोपटक हो ।


सो अवसरमा प्रधानमन्त्री शेरवहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सर्वसाधारणले समेत पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए । गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यसवर्षबाट पुनः मनाउने निर्णय देउवा सरकारले चुनावअघि गरेको थियो ।

यसैबीच, पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा आज राजधानीमा र्याली निकालिएको छ ।

यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि एकताबद्ध भएर लाग्न आह्वान गरेका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश दिँदै अध्यक्ष ओलीले देशको राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्ने जिम्मा वाम गठबन्धनले पाएकाले यसलाई कदर गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउने निर्णयसँगै देशब्यापी खुशीयाली छाएको छ । आज देशैभर २९६औँ पृथ्वी जयन्ती मनाइएको छ ।

नेपाली सेनाले पृथ्वीनारायण शाहलाई आफ्नो फौजको संस्थापकका रुपमा सम्मान गर्दै आएको छ । सेनाका ब्यारेकहरुमा पृथ्वीनारायण शाहका दिब्योपदेशहरु लेखिएका छन् ।

विगतमा माओवादी नेता रामवहादुर थापा बादल रक्षामन्त्री हुँदा ब्यारेकबाट पृथ्वीनारायणको फोटो र दिब्योपदेश हटाउन निर्देशन दिए पनि तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले अश्वीकार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =