लम्कि चुहामा सेनाको ‘चिया र तातो’
२०७४ जेठ १५ गते

“
धनगढी, पुस २७ । कैलाली मा केही दिनदेखि अत्यधिक चिसो बढेपछि नेपाली सेनाको गोरांगेस्थित सुदूरपश्चिम पृतना तालिम केन्द शिक्षालयले लम्कि चुहा नगरपालिकाका विभिन्न ठाउँमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
नेपाली सेनाले लम्कि चौराहा, एकता मुक्त कमैया शिविर, बसपार्क लगायतका ठाउँमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको जनाएको छ । त्यस्तै, विभिन्न ठाउँमा चिया समेत वितरण गरेको छ ।
नेपाली सेनाका सहायक सेनानी विरोध रिजालले जाडो अवधिभरि दाउरा वितरण तथा चिया वितरण जारी राख्ने बताए ।
कैलालकिा अधिकाश विद्यालयहरू बन्द भएका छन् । लगातारको शीतलहरका कारण किसानले बारीमा लगाएको तरकारी पनि सुक्न थालेको छ । बजारमा मानिसको चहलपहल पातलिएको छ । ठाउँ ठाउँमा स्थानीय जाडो छल्न दाउरा बालेर आगो तापिरहेका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








