कालिकाेटकाे पलाता गाउँपालिकामा १५ शैयाकाे अस्पताल निर्माण हुने

“
काठमाडौं, पुस २७ । कालिकोट जिल्ला नेपालकै दुर्गम मध्येको एक जिल्ला हो । याे जिल्लामा राज्यले निर्धारण गरेका अाधारभूत विकासका याेजना समेत पुग्न सकिरहेकाे छैन । भाैगाेलिक विकटता, सक्षम नेतृत्वकाे अभाव हुँदा यहाँका जनता अझैपनि गरिबीकाे रेखामुनी बाँच विवस छन् भने, उनिहरूले शिक्षा, स्वास्थ्य, यातायात जस्ता अत्यावश्यक सेवासमेत पर्याप्त रूपमा पाउन नसकेकाे अवस्था छ ।
स्वास्थ्यकर्मी र औषधीको अभावमा कहिले झाडापखाला त कहिले भाइरल ज्वरो या यस्तै, अनेकौं समस्या कालिकोट बासीले झेल्दै आएका छन् । सबैभन्दा असहज अवस्था सुत्केरी ब्यथाले छटपटिंदा महिलालार्इ स्वास्थ्य संस्था पुर्रयाउन छ । गाउँका कुना कन्दरामा कुनै महिला प्रसव अवस्थामा छट्पटार्इरहँदा सुरक्षित सुत्केरी गराउन नसक्दा कयाैं महिलाले अकालमा ज्यान जाेगाउनु पर्ने अवस्था छ ।
स्वास्थ्य सेवाकाे दृष्टिकाेणले कालिकाेटकाे सदरमुकाममा समेत उपर्युक्त अस्पताल नभर्इरहेकाे अवस्थामा बर्तमान स्वास्थ्यमन्त्रीले कालिकाेटकाे पलाता गाउँपालिकामा १५ शैयाकाे सुविधासम्पन्न अस्पताल निर्माण गर्न तत्परता देखाएका छन् ।
कालिकोटको विकट गाउँ मध्येमा गनिने पलाता गाउँपालिकामा स्वास्थ्य मन्त्रीका स्वकीय सचिव निराजन बमकाे सकृयतामा १५ सैय्याको अस्पताल स्थापना हुने भएकाे छ । सिटामोल समेत नपाउने बाजुरा र कालिकोटको सिमानामा रहेको पलाता गाउँ पालिकामा १५ शैयाकाे अस्पताल स्थापना गर्न लागिएको राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका समानुपातिक उम्मेद्वार समेत रहिसकेका युवा नेता निराजन बमले बताए ।
पलाता गाउँपालिका जिल्ला सदरमुकाम मान्मा देखि २ दिनको पैदल दूरीमा छ । साे गाउँपालिकामा अाधारभूत स्वास्थ्य चाैकी वाहेक स्वास्थ्य संस्था छैन । सरकारले दुर्गम क्षेत्रका जनतालार्इ स्वास्थ्य सेवा पुर्रयाउने याेजना ल्याएपनि उक्त याेजनामा पलाता गाउँ पालिका पर्न सकेकाे थिएन ।
मन्त्रीका स्वकीय सचिव बमले गाउँमा अस्पताल निर्माण हुने भएपछि स्थानीयहरूमा खुसीयाली छाएकाे बताए । ‘मैले मन्त्री ज्यूलार्इ त्यहाँकाे विकराल बस्तुस्थिति बताएपछि उहाँले तत्कालै अस्पताल निर्माण गर्न तत्पर हुनुभयाे । अब एक दुर्इ दिनमै क्याविनेटबाट पास हुनेछ ।’ बमले भने । उनले चाडै निर्माण शुरू हुने उक्त अस्पतालमा जनरल सेवाका साथै प्रसुति सेवा, बालराेग सेवा, मातृशिशु सेवा र केहि विशेषज्ञ सेवा पनि सञ्चालन गर्न पहल गर्ने बताए ।
सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा राज्यले पु¥याउन सकेको भए ग्रामिण भेगका जनताले सिटामोलको आशामा दुई–तीन दिनको बाटोमा ज्यान गुमाउने दिन जाने उनको भनाइ छ । सरकारले ५७ वटा स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेकोमा कालिकोटको पताला गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महाबै गाउँपालिका पिछडिएको क्षेत्रमा परेका छन् । ‘प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०७४’को अनुसूची २ मा ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्रमा राखिएको छ ।
“








