पुष्प पुर्वाअञ्चल दोश्रो ब्यापार तथा प्रदर्शनी मेला सुरु 

पुस, धरान २७ । पुष्प व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित आजदेखि सुनसरीको धरान स्थित अमान बजार परिसरमा दोश्रो पुर्वाअञ्चल ब्यापार मेला सुरु भएको छ । लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा माघ १ गते सम्म चल्ने प्रदर्शनीको एक सहमारोहका बीच धरानका मेयर तारा सुब्बाले गर्नै कार्यक्रम रहेको छ ।

प्रदर्शनीमा विभिन्न थरी फूल, बिरुवा, कट लावर, ड्राई लावर, सुनखरी, मल, फल फुलका बिरुवा,बीउबिजन, कृषि औजार, उपकरण, गमला, नर्सरी सजावट लगायत सामान राखिएको छ ।

एसोसिएसनका उपाध्यक्ष रामजी प्रसाद तिम्सीनाले नेपालको पुष्प व्यवसायको उत्पादन वृद्धि गर्न र बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित मेलाको आयोजना गरिएको जानकारी दिनुभयो । मेलामा ३२ वटा व्यावसायिक स्टलका साथै प्रतिस्पर्धात्मक व्यावसायिक रहेका छन्

प्रदर्शनी ५० हजार दर्शकले अवलोकन गर्ने र ६० लाखभन्दा बढीको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =