कैलालीका थारु बस्तीमा माघीको रौनक सुरु

धनगढी, पुस २७ । प्रदेश नम्बर ७ का थारु बस्तीमा माघीको रौनक सुरु भएको छ । थारु समुदायको महान पर्व माघी नजिकिएसँगै कैलाली, कञ्चनपुरका थारु समुदायका बस्तीमा माघी पर्वको रौनक सुरु भएको हो ।

माघीका लागि दुना, टपरी बनाउनेदेखि मासुको बन्दोबस्त गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमूलीहरु लागि परेका छन् । माघी पर्व थारु समुदायको विशेष चाड हो । यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा समेत मनाउने गरेका छन ।

तीन दिनसम्म धुमधामका साथ मनाइने माघी पर्वमा मिठो खाने, राम्रो लगाउने र नाचगान गर्ने चलन पनि छ । माघीमा थारू जातिको मौलिक पकवान ढिक्री, मासु, जाँडलगायतका परिकार खाने र खुवाउने चलन रहेको छ माघीकै अवसरमा कैलालीका विभिन्न स्थानमा माघी विशेष कार्यक्रम र माघी महोत्सवको पनि आयोजना गर्ने तयारी गरीरहेका छन् ।

थारु समुदायले माघीकै अवसरमा बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना बनाउने गर्छन् । यसरी बितेको वर्षको समीक्षा र आगामी वर्षको योजना पारिवारिक र गाउँस्तरमै बनाइने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 18 =