रिहापछि पनि डा. केसीको अनसन जारी
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २७ । सर्वोच्च अदालतको आदेश पछि रिहा हुनु भएका डाक्टर गोविन्द केसीले आन्दोलन जारी राख्नु भएको छ ।
केसीले आफूले अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको र अदालतको स्वच्छ आलोचना मात्रै गरेको बयान दिएपछि सामन्य तारिखमा रिहा गरिएको थियो । केसीले शिक्षण अस्पताल महाराजगञ्जमा अनसन भने जारी राख्नु भएको छ ।
अदालतको हिजोको आदेशमा केसीले प्रश्न उठाएका प्रधानन्यायाधीश गोपाल पराजुलीका दुईवटा नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपिसमेत अदालतमा पेश गर्न भनिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








