क्यालिफोर्नियामा पहिरोमा परेर मर्नेको संख्या १७ पुग्यो
२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस २७ । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितहरुलाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीहरुले बताएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








